प्रतितोला ४ हजार ८ सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाण्डु टुडे २०८२ चैत १ गते १२:१७ मा प्रकाशित

काठमाण्डू, १ चैत– साताको कारोबारको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा सुनको भाउ प्रतितोला ४ हजार ८ सय रुपैयाँ घटेको छ ।

आज सुनको भाउ प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ । त्यस्तै चाँदीको भाउ तोलामा २२५ रुपैयाँ घटेको छ ।

अघिल्लो दिन प्रतितोला ५ हजार ४९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५२७० रुपैयाँमा झरेको छ । यसअघि गत माघ १५ गते चाँदीको भाउ हालसम्मकै उच्च ७ हजार ५०५ रुपैयाँ पुगेको रेकर्ड छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us