मनकामना दर्शन गरेर फर्किएकाहरु चढेको माइक्रो दुर्घटना, ७ जनाको घटनास्थलमै मृत्यु

काठमाण्डु टुडे २०८२ फागुन ३० गते २२:०१ मा प्रकाशित

गोरखा, ३० फागुन- गोरखाको शहीद लखन थापा गाउँपालिका ३ कनटारमा माइक्रो बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृतक सबै भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रहरीका अनुसार मनकामना दर्शन गरेर फर्किएकाहरु सवार बागमती प्रदेश ००६ख८४३० नम्बरको माइक्रो बस सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।
माइक्रोमा चालक र सहचालकसहित १४ जना सवार थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us