गाडीले जन्तीलाई ठक्कर दिँदा एकको मृत्यु, ११ घाइते

काठमाण्डु टुडे २०८२ फागुन ३० गते ९:३३ मा प्रकाशित

सर्लाही, ३० फागुन– सर्लाहीमा गाडीले जन्तीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

डी एल–९ सि–जेड ०७७७ नम्बरको भारतीय गाडीले शुक्रबार साँझ बरहथवा नगरपालिका–१० सीतापुरमा जन्तीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
सर्लाही प्रहरी प्रवक्ता डीएसपी सरोज राईका अनुसार मृत्यु हुनेमा जन्ती जाँदै गरेका बरहथवा नगरपालिका–९ का ५० वर्षीय नारायण जर्गा मगर छन् । दुर्घटनामा अरु ११ जना घाइते भएका छन् ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । घाइतेको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । यसैबीच प्रहरीले गाडी चालक बरहथवा नगरपालिका–१२ लौकठका नरेश ठाकुरलाई नियन्त्रणमा लिएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us