महाकाली नदी किनारमा एक महिला मृत फेला

काठमाण्डु टुडे २०८२ फागुन २९ गते १५:२४ मा प्रकाशित

काठमाण्डू, २९ फागुन– बैतडीमा एक महिला मृत अवस्थामा फेला परेकी छन । जिल्लाको दशरथचन्द नगरपालिका–८ झुलाघाट नहिकैको धारीघाटको महाकाली नदी किनारमा महिला मृत फेला परेकी हुन् ।

भारत घर भई बैतडीको दशरथचन्द नगरपालिका–८ माइत भएकी ३८ वर्षीया दीपा महर रहेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक, सुरज सिंहले जानकारी दिएका छन ।

बिहीबार बिहान मृत फेला परेकी महरको शव शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरी निरीक्षक सिंहले जानकारी दिएका छन । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us