धनकुटाको साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बुको निधन

काठमाण्डु टुडे २०८२ फागुन २९ गते १४:०८ मा प्रकाशित

काठमाण्डू, २९ फागुन– धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बु उपचारको क्रममा निधन भएको छ । आन्द्राको क्यान्सरबाट पीडित लिम्बूको छिमेकी देश भारतको नयाँ दिल्लीस्थित एक अस्पतालमा उपचार भइरहेको थियो ।

साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईका अनुसार ५५ वर्षीय लिम्बू लामो समयदेखि क्यान्सर रोगको उपचारमा थिए । ०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित लिम्बू केही महिनादेखि भारतमा उपचाररत रहेका थिए ।

उपचारकै क्रममा उनको दिल्लीमा निधन भएको हो । उनको निधनको शोकमा गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको अध्यक्ष राईले जानकारी दिए । स्वर्गीय लिम्बू सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us