काठमाण्डू, २९ फागुन– गत २१ फागुनमा भएको प्रतिनिधि सभा सदस्यको निर्वाचन पछि पहिलो पटक आज (शुक्रबार) पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच भेटवार्ता भएको छ ।
ओलीका बुवा मोहनप्रसादलाई श्रद्धाञ्जली दिन आज बिहान प्रचण्ड नेपाल–कोरिया मैत्री अस्पताल गठ्ठाघर पुगेका थिए । त्यहीक्रममा ओली र प्रचण्डबीच भेट भएको हो ।
‘ओलीजीसँगको यो भेट चुनावपछिको पहिलो हो,’ नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय कार्यालय सचिव आचार्यले भने । आचार्यका अनुसार चुनावपछि कांग्रेस सभापति गगन थापासँग भने प्रचण्डको कुराकानी र भेटघाट भएको छैन ।