रवि र प्रचण्डबीच टेलिफोन सम्वाद

काठमाण्डु टुडे २०८२ फागुन २९ गते १३:१४ मा प्रकाशित

काठमाण्डू, २९ फागुन– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच टेलिफोन संवाद भएको छ ।

रास्वपा बरिष्ठ नेता बालेन शाहसँग भने कुराकानीरभेटघाट पुष्टि भएको छैन । यसअघि प्रचण्ड र बालेनबीच भेटघाट भएको समाचार सार्वजनिक भएको थियो । तर नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले बालेनसँग भेटघाट भएको भनेर आएका समाचार सत्य नभएको बताए ।

प्रचण्डको स्वकीय सचिव समेत भइसकेका आचार्यका अनुसार प्रचण्ड र रविबीच चुनाव जितिसकेपछि मोबाइल फोनमा कुराकानी भएको थियो । त्यसक्रममा चुनाव जितेकोमा एकअर्काले बधाई दिएका थिए ।

त्यसबाहेक अरु केके कुरा भयो भन्ने खुलेको छैन । ‘बालेनसँग भेटेको भन्ने कुरा सत्य होइन । रास्वपा सभापति रविजीसँग भने मोबाइलमा कुराकानी भएको हो,’ आचार्यले भने, ‘उहाँहरुले चुनाव जितेकोमा एकअर्कालाई बधाई दिनुभयो । त्यसबाहेक अरु कुराकानी केही भएन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us