एमाले अध्यक्ष ओलीलाई पितृशोक

काठमाण्डु टुडे २०८२ फागुन २९ गते ८:१५ मा प्रकाशित

काठमाण्डू, २९ फागुन- एमाले अध्यक्ष केपी ओलीलाई पितृशोक परेको छ ।

ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो ।

ओलीको सचिवालयका अनुसार भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री नगर अस्पतालमा उपचारका क्रममा मोहनप्रसादको निधन भएको हो ।

छोरीको घरमा बस्दै आएका उनलाई स्वास्थ्य अवस्था बिग्रिएपछि राति उनलाई अस्पताल लगिएको थियो ।

मोहनप्रसादको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us