एमालेलाई मधेशमा समानुपातिक भन्दा प्रत्यक्षमा मत धेरै

काठमाण्डु टुडे २०८२ फागुन २८ गते १६:४७ मा प्रकाशित

काठमाण्डू, २८ फागुन– गत २१ फागुनमा भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा एमालेले मधेश प्रदेशमा समानुपातिकतर्फ १ लाख ८७ हजार ९०१ मत प्रप्त गरेको छ ।

तर, मधेश प्रदेशमा एमालेका तर्फबाट उम्मेदवारहरूले पाएको मत जोड्दा भने समानुपातिकतर्फ पाएको भन्दा बढी हुन्छ । एमालेले मधेशका ३२ मध्ये सबै क्षेत्रमा उम्मेदवार उठाएको थियो ।

प्रत्यक्षतर्फ एउटा क्षेत्रमा पनि जित निकाल्न सकेन । चार क्षेत्रमा दोस्रो, १४ क्षेत्रमा तेस्रो, ९ क्षेत्रमा चौथो, दुई क्षेत्रमा पाचौं र तीन क्षेत्रमा सातौं भएको छ । यी सबै उम्मेदवारले पाएको मत जोड्दा २ लाख २२ हजार ७१३ पुग्दछ । नेपाली कांग्रेसले भने प्रत्यक्षमा भन्दा समानुपातिक मत नै धेरै पाएको छ । प्रत्यक्षतर्फ कांग्रेसका उम्मेदवारहरूले पाएको मत जोड्दा २ लाख ३७ हजार ७८८ पुग्छ ।

यो प्रदेशबाट कांग्रेसले समानुपातिकतर्फ भने २ लाख ८७ हजार ३२३ मत पाएको छ । नेपाली कम्युनिस्ट पार्टीले मधेश प्रदेशबाट समानुपातिकतर्फ १ लाख ७ हजार ६१२ मत पाएको छ ।

यो पार्टीबाट मधेश प्रदेशमा रहेका उम्मेदवारहरूले पाएको मत जोड्दा १ लाख ५२ हजार ४९७ पुग्छ । मधेश प्रदेशबाट समानुपातिकतर्फ राप्रपाले ३५ हजार ४६२ मत पाएको छ भने समानुपातिकतर्फ श्रम संस्कृति पार्टीको मत ९ हजार ८५४ छ ।

यो प्रदेशमा राप्रपाका प्रत्यक्षतर्फका उम्मेदवारले पाएको मत जोड्दा १५ हजार ६२२ र श्रम संस्कृति पार्टीका उम्मेदवारले पाएको जोड्दा ४ हजार १६ मत पुग्दछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us