बैठकस्थलमा बोल्दाबोल्दै एमाले केन्द्रीय सदस्य थापाको मृत्यु

काठमाण्डु टुडे २०८२ फागुन २८ गते १५:५७ मा प्रकाशित

काठमाण्डू, २८ फागुन– एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ । बिहीबार जिल्ला कमिटी बैठकमा बोल्ने क्रममा उनी ढलेका थिए । उनको शव मणिपाल अस्पतालमा राखिएको छ ।

जिल्ला कमिटीको बैठकस्थलमै उनलाई हृदयघात भएको बताइएको छ । गत फागुन २१ मा भएको प्रतिनिधि सभा निर्वाचनमा उनलाई कास्की– २ को उम्मेदवार बनाइएकोमा विरोध भएपछि टिकट खोसेर रश्मि आचार्यलाई उम्मेदवार बनाइएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us