काठमाण्डू, २८ फागुन– ललितपुरका जनप्रतिनिधिहरूले कांग्रेसका सभापति गगन थापालाई पदबाट राजीनामा नदिन अनुरोध गरेका छन । प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही– ४ बाट उम्मेदवार बनेका थापा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. अमरेश कुमारसँग पराजित भएपछि पार्टीभित्र राजीनामाको चर्चा सुरु भएको थियो ।
ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जन, ललितपुर जिल्ला समन्वय समिति प्रमुख ऋषिदेव फुयाल, गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारी लगाएतले बिहीबार विज्ञप्ति जारी गर्दै पार्टी नेतृत्व नछोड्न अनुरोध गरेका हुन ।
उनीहरूले वर्तमानको राजनीतिक परिस्थितिमा पार्टीलाई सुदृढ बनाउन थापाको नेतृत्व र अभिभावकत्व अपरिहार्य रहेको बताएका छन्।