काठमाण्डू, २८ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फबाट काठमाण्डू ६ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यका उम्मेदवार शिशिर खनालले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।
उनले फागुन २१ मा सम्पन्न निर्वाचनको क्रममा १५ लाख २३ हजार ४३७ रुपैयाँ खर्च भएको विवरण पेस गरेका हुन् । विभिन्न १२ शिर्षकमा खर्च भएको विवरण पेस गरेका खनालले सबैभन्दा धेरै छापा प्रचार–प्रचार सामग्रीमा भएको उल्लेख गरेका छन् ।
यो शीर्षकमा उनले २ लाख ६ हजार ३६ रुपैयाँ खर्च भएको बताएका छन् । दोस्रो धेरै खर्च उनले यातायातमा भएको बताएका छन् । खनालले यातायात शीर्षकमा १ लाख ५५ हजार ४ सय रुपैयाँ खर्च भएको विवरण आयोगमा पेस गरेका हुन् ।