काठमाण्डू, २७ फागुन– मतगणना सकिएसँगै निर्वाचनसम्बन्धी इकाइहरु बन्द भएका छन । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गरी निर्वाचनको समग्र व्यवस्थापन, सूचना प्रवाह, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्वाचन आयोगले विभिन्न विशेष इकाइ तथा समन्वय केन्द्रहरू स्थापना गरेको थियो ।
ती इकाइहरू बन्द गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ । निर्वाचन प्रक्रियासँग सम्बन्धित सूचनाको प्रभावकारी सम्प्रेषण, सरोकारवाला निकायबिच समन्वय तथा मतदाता र सर्वसाधारणलाई आवश्यक जानकारी उपलब्ध गराउने उद्देश्यले आयोगले २०८२ पुस ११ गतेदेखि निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना गरेको थियो मतदाता र आम सर्वसाधारणका निर्वाचनसँग सम्बन्धित जिज्ञासा सम्बोधनका लागि २०८२ माघ ५ गतेदेखि कल सेन्टर र सुरक्षा निकायबिच सहकार्य तथा निर्वाचन प्रक्रियाको समग्र समन्वयका लागि २०८२ माघ ११ गतेदेखि संयुक्त निर्वाचन सञ्चालन केन्द्र ९सञ्चालनमा ल्याइएको थियो ।
मतदान एवम् मतगणनाको कार्य सम्पन्न भइसकेको सन्दर्भमा ती इकाइ तथा समन्वय केन्द्रहरू आयोगको बुधबारदेखि लागू हुनेगरी बन्द गरिएको आयोगकासहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।