जिपले च्यापेर चालकको मृत्यु

काठमाण्डु टुडे २०८२ फागुन २६ गते १६:०६ मा प्रकाशित

काठमाण्डू, २६ फागुन– लमजुङमा जिपले च्यापेर एक जनाको मृत्यु भएको छ । लमजुङको दोर्दी गाउँपालिका–४ ठूलाखेतका २९ वर्षीय कुमार गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही गाउँपालिका–४ लामीडाँडामा ग १ ज ७०९२ नम्बरको बोलेरो जिपले च्याप्दा आज दिउँसो गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक पाण्डेले जानकारी दिएका छन ।

उनका अनुसार आमा समूहको भवन नजिकै जिप ‘स्टार्ट’ गरेर पछाडिको ‘ओत’ निकाल्न खोज्दा जिप गुडेर पछाडिको भागले च्यापेर छाती र हातमा चोट लागेर घाइते भएका थिए ।

तत्काल स्थानीयले उद्धार गरी सोही जिपमा बेँसीसहर नगरपालिका–८ स्थित प्रादेशिक अस्पताल बेँसीसहरमा उपचारका लागि ल्याए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us