काठमाण्डू, २६ फागुन– प्रहरीले संखुवासभाबाट भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोटखोला गाउँपालिका–४ सिप्रुङ बस्ने ६० वर्षीय धनमान विश्वकर्मा रहेको प्रहरीले जानकारी दिएको छ ।
उनलाई १ थान भरूवा बन्दुक सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय हेदाङनाबाट खटिएको प्रहरीले उनको घर खानतलासी गर्दा उक्त बन्दुक बरामद गरेको हो । यस सम्बन्धममा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।