काठमाण्डू, २६ फागुन– रुकुम पश्चिमको सानो भेरी नदीमा दुई जना बालिका मृत अवस्थामा फेला परेका छन । मृत भेटिनेमा बाफिकोट गाउँपालिका–३ का १२ वर्षीया कल्पना ओली र १४ वर्षीया उर्मिला ओली रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हरीि पुनले जानकारी दिएका छन ।
उनीहरू दुवै जना एकै घरका दिदीबहिनी हुन् । उनीहरु बाफिकोट गाउँपालिका–३ को भाम्लेस्थित सानो भेरी नदीमा मृत अवस्थामा फेला परेका हुन् ।
यस्तै १२ वर्षीया सपना ओली अझै बेपत्ता रहेको उनले जानकारी दिएका छन । ‘उनको खोजीकार्य भइरहेको छ, उनले भने। उनीहरु सोमबार मुसिकोट नगरपालिका–१ भलखोलामा विवाह खान भन्दै घरबाट निस्किएका थिए ।
‘खोला तर्दा बगेको हुन सक्ने अनुमान छ, उनले भने, यद्यपि घटनाबारे अनुसन्धान पछि मात्र थाहा होला ।’