कैलालीमा गोठमा मृत भेटिएकी महिलाको श्रीमानबाटै हत्या भएको पुष्टि

काठमाण्डु टुडे २०८२ फागुन २६ गते ११:४० मा प्रकाशित

काठमाण्डू, २६ फागुन– कैलालीको भजनी नगरपालिका–९ खुरुरियामा गोठमा मृत फेला परेकी महिलाको श्रीमानबाटै हत्या भएको पुष्टि भएको छ ।

गत (मंगलबार) होलीको दिन बिहान स्थानीय ५५ वर्षका प्रेमलाल चौधरीकी श्रीमती अन्दाजी ५० वर्षीया मानादेवी चौधरी आफ्नै घरनजिकै रहेको बाख्राको गोठमा मृत भेटिएको भन्द‌ै प्रहरीमा खबर पुगेको थियो ।

शरीरमा चोट लागेको अवस्थामा मृत भेटिएकी चौधरीको उनकै श्रीमानले हत्या गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिएका छन ।

आपसी विवादका क्रममा प्रेमलालले श्रीमतीको हत्या गरेको स्वीकार गरेको उनले जानकारी दिएका छन । २८ वर्षीय मगरु चौधरीले कारबाहीको माग गर्दै कर्तव्य ज्यान शीर्षकमा जाहेरी दिएका छन् । उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us