धनकुटामा समानुपातिकतर्फ एमाले पहिलो दल

काठमाण्डु टुडे २०८२ फागुन २५ गते १३:११ मा प्रकाशित

काठमाण्डू, २५ फागुन– प्रतिनिधिसभाको एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा प्रत्यक्ष तर्फ जितेको एमालेले समानुपातिक प्रणालीमा पनि पहिलो दल बन्न सफल भएको छ ।

धनकुटामा समानुपातिकको मतगणना सम्पन्न हुँदा एमालेले १६ हजार ५६७ मत प्रप्त गर्दै पहिलो दल बन्न सफल भएको हो । धनकुटामा प्रत्यक्षतर्फ एमालेका राजेन्द्रकुमार राई १८ हजार १३२ मत ल्याएर विजयी भएका थिए ।

समानुपातिक तर्फ धनकुटामा दोस्रो स्थानमा रास्वपा, तेस्रोमा श्रम संस्कृति पार्टी, चौथोमा नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी पाँचौ भएका छन् । धनकुटामा दोस्रो स्थानमा रहेको राष्टिय स्वतन्त्र पार्टीले १४ हजार ६७९, तेस्रोमा रहेको श्रम संस्कृति पार्टीले १३ हजार ९ सय ६०, चौथोमा रहेको नेपाली कांग्रेसले ८ हजार ६५१ मत ल्याएका छन् ।

यस्तै पाँचौमा रहेको नेपाली कम्युनिष्ट पार्टीले १६३४, छैटौंमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले १२०५ र सातौंमा रहेको जनता समाजवादी पार्टी नेपालले १०३६ मत ल्याएको मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र इङ्नामले जानकारी दिए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us