रवि र बालेनलाई विकसित नेपाल बनाउन सफलता मिलोस्ः जनार्दन शर्मा

काठमाण्डु टुडे २०८२ फागुन २५ गते १३:०५ मा प्रकाशित

काठमाण्डू, २५ फागुन– पूर्व मन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले प्रतिनिधिसभा निर्वाचन–२०८२ मा ऐतिहासिक सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई दिएका छन ।

आज (सोमबार) एक भिडियो सन्देश जारी गर्दै उनले रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह र विजयी सांसदहरूलाई बधाई दिएका हुन् । उनीहरूलाई ‘साँच्चिकै विकसित नेपाल’ बनाउने ऐतिहासिक कार्यभार पूरा गर्न सफलता मिलोस् भनेर शुमकामना दिएका छन् ।

गृह जिल्ला रुकुम पश्चिमबाट लगातार चार चुनाव जितेका शर्मा यसपटक आफ्नै पूर्वपार्टी नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्मासँग पराजित भएका छन् ।

उनले सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै विजयी उम्मेदवार शर्मालाई पनि बधाई समेत दिएका छन । गरिबी, बेरोजगारी र समृद्ध रुकुम बनाउने रुकुमेली जनताको चाहना पूरा गर्न उनले शर्मालाई सुझाव दिएका छन् ।

आफू पराजित भए पनि रुकुमेली जनताको विश्वास र मायाप्रति ऋणी भएको भन्दै उले आफू पदमा हुँदा पनि नहुँदा पनि सेवामा समर्पित हुने समेत बताएका छन ।

नेता शर्माले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न नेतृत्व गरेकी प्रधानमन्त्री सुशीला कार्कीसहित सुरक्षाकर्मी र कर्मचारीहरूलाई पनि उनले धन्यवाद व्यक्त गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us