गोकुल बास्कोटाले भनेः लोकप्रिय छौं भन्ने नेताको मात्रै प्रिय भइएछ

काठमाण्डु टुडे २०८२ फागुन २५ गते १२:४६ मा प्रकाशित

काठमाण्डू, २५ फागुन– एमाले नेता गोकुल बास्कोटाले प्रतिनिधिसभा निर्वाचनमा पार्टीले नराम्रोसँग पराजय भोगेपछि नेतृत्वको कडा आलोचना गरेका छन ।

एमाले नेता बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत लोकप्रिय छौं भनेको नेताको मात्रै प्रिय भइएछ भनेर पार्टीका शीर्ष नेताप्रति नै तिखो टिप्पणी गरेका हुन् ।

उनले पार्टी शीर्षको नाम उल्लेख नगरी यस्तो टिप्पणी गरेका हुन् । पार्टीलाई समयमै सुधारेन भने डाइनोसर बन्न सकिनेतर्फत पनि बास्कोटाले संकेत गरेका छन ।

नेता बास्कोटाले लेखेका छन्, ‘नोष्टालजिक हुने गरी पार्टी जीवनका उकाली ओरालीको फ्ल्यास ब्याक पल्टाउन तयार हुनासाथ रि–भिजन,रि–थिङ्क,रि–स्ट्रक्चरिङ र रिनोभेट सामान्य रूपमै भइहाल्छ ।

पिरामिड थियो, फुली थप्न सोली बनायौं । लोकप्रिय छौं भनेको नेताको मात्रै प्रिय भइएछ । समयले सुधारेन भने डाइनोसर बनिएला क्यार्नु त रु डोन्टओरी !’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us