चैत ५ गतेभित्र सबै चुनावी परिणाम ल्याइसक्छौंः निर्वाचन आयोग

काठमाण्डु टुडे २०८२ फागुन २५ गते १२:३८ मा प्रकाशित

काठमाण्डू, २५ फागुन– गत २१ फागुन (बिहीबार) भएको निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको मतगण्ना गरिब सकिएको छ । समानुपातिकतर्फको मतगण्ना पनि जारी छ ।

आगामी ५ चैत भित्र मत गणना सकेर समानुपातिकतर्फ निर्वाचित हुने सांसदहरूलाई प्रमाणपत्र दिनेलगायतका कार्य सम्पन्न गरिसक्ने लक्ष्यसहित आयोगले काम गरिरहेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन ।

समानुपातिकतर्फको समानुपातिक तर्फको मतगणना सम्पन्न भएपछि थ्रेसहोल्ड पार गरेका दलहरूले प्राप्त गरेको मतका आधारमा आयोगले सम्बन्धित दलको तर्फबाट निर्वाचित हुने सांसदको संख्या निर्धारण गर्नेछ ।

निर्धारित संख्यामा समानुपातिक कलष्टर अनुसारको प्रतिनिधित्व हुने गरी निर्वाचित हुने सांसदको नाम सिफारिस गर्न राजनीतिक दलहरूलाई पत्राचार गर्नेछ ।

दलहरूले बन्दसूची भित्रबाट नाम सिफारिस गरे पछि सो नामावली समावेशी कलष्टर बमोजिम मिले नमिलेको रूजु गरी समानुपातिकतर्फका निर्वाचित सांसदको नाम यकिन गरी प्रमाणपत्र उपलब्ध गराउने कार्य हुनेछ ।

यी सबै काम आगामी चैत ५ गते भित्र सम्पन्न गरिसक्ने लक्ष्यसहित आयोगले काम गरिरहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us