आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ

काठमाण्डु टुडे २०८२ फागुन २५ गते १२:२४ मा प्रकाशित

काठमाण्डू, २५ फागुन– आज (सोमबार) नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ हुँदैछ । दिउँसो २ बजेका लागि पद तथा सपथ ग्रहणको समय तय गरिएको संसद् सचिवालय स्रोतले जानकारी दिएको छ ।

शपथ ग्रहण सिंहदरबार स्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा हुनेछ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचित सदस्यलाई शपथ गराउनेछन् ।

राष्ट्रिय सभाको निर्वाचन गत ११ माघमा भएको थियो । उक्त निर्वाचनबाट १८ जना सदस्य निर्वाचित भएका थिए । ५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन्छ ।

संसद् सचिवालयले शपथमा आउँदा औपचारिक वा आफ्नो पहिचान झल्कने पोशाकमा आउन नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूलाई अनुरोध गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us