अछाम, २५ फागुन- अछाम- २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) का पूर्वस्वकीय सचिव भूपदेव शाह पराजित भएका छन् ।
शाह एमालेका यज्ञबहादुर बोगटीसँग पराजित भएका हुन् ।
बोगटी ९ हजार ५ सय १८ मतसहित विजयी हुँदा शाहले ४ हजार ५ सय ६२ मत ल्याएर तेश्रो भएका हुन् । बोगटीका निकटतम प्रतिस्पर्धी काँग्रेसका पुष्पबहादुर शाहले ९ हजार ४६ मत पप्त गरे ।
बालेन काठमाण्डू महानगरको मेयर हुँदा भूपदेव स्वकीय सचिव थिए ।