नुवाकोट-१ मा रास्वपाका तिमिल्सिनासँग पूर्वअर्थमन्त्री महत पराजित

काठमाण्डु टुडे २०८२ फागुन २५ गते ४:४७ मा प्रकाशित

नुवाकोट, २६ फागुन- नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा पूर्वअर्थमन्त्री एवं काँग्रेस नेता डा. प्रकाशशरण महत पराजित भएका छन् ।

महत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विक्रम तिमिल्सिनासँग पराजित भएका हुन् । तिमिल्सिना २२ हजार ६ सय ९ मतसहित निर्वाचित हुँदा कांग्रेसका महतले १८ हजार ५ सय ९७ मत पाए ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का हितबहादुर तामाङ १३ हजार ३ सय ७७ मत ल्याएर विजयी भए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us