काठमाण्डू, २४ फागुन- सुनसरी क्षेत्र नम्बर-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लालविक्रम थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
थापा ५७ हजार ३ सय ४८ मत पाएर वियजी भएका हुन् ।
थापाका निकटतम प्रतिस्पर्धी कांग्रेसका राजीव कोइरालाले १६ हजार ७१ मत पाए ।
तेश्रो भएका एमालेका सुजन लामाले ८ हजार ३ सय ३ र चौथो भएका श्रम संस्कृति पार्टीका चेतन राई ७ हजार ४ सय ८४ मतसहित चौथो भएको छ ।