काठमाण्डू, २४ फागुन– धनुषा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रामविनोद यादव विजयी भएका छन् । ४१ हजार ६३७ मत प्रप्त गर्दै विजयी हुन सफल भएका हुन ।
निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिनेशप्रसाद यादवलाई उनले ३१ हजार बढी मतान्तरले पराजित गर्न सफल भएका हुन । यादवले १० हजार १९८ मत ल्याए ।
त्यस्तै नेकपा एमालेका उमाशंकर अरगरियाले १० हजार १५३ तथा नेकपाका रामचन्द्र झाले ८ हजार ४०३ मत ल्याए । योसँगै धनुषाका जिल्लाका तीन निर्वाचन क्षेत्रको मतपरिणाम आएको छ । क्षेत्र नम्बर १ बाहेक सबैको मतपरिणाम आइसकेको छ ।