निर्वाचन सुशासन कायम गराउन सफल भएका छौँः गृहमन्त्री अर्याल

काठमाण्डु टुडे २०८२ फागुन २४ गते १६:५४ मा प्रकाशित

काठमाण्डू, २४ फागुन– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा निर्वाचन सुशासन कायम भएको बताएका छन ।

आज (आइबार) निर्वाचन आयोगको कार्यालय बहादुर भवनमा आयोजित निर्वाचन सुरक्षा समीक्षापछि सरकारी सञ्चारमाध्यमसँग प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन ।

उनले राजनीतिक सुशासनको जग निर्वाचन सुशासन भएकाले यसपटकको निर्वाचनमा त्यो सम्भव भएको पनि बताएका छन । वर्तमान सरकार फागुन २१ गते निर्वाचन गराउनैका लागि गठन भएकाले स्वच्छ र निष्पक्ष निर्वाचन गराएर कार्यभार सम्पन्न गराउने मार्गमा अघि बढेको जानकारी पनि गृहमन्त्री अर्यालले बताए ।

गृहमन्त्री अर्यालले भने, ‘हिंसा नभई निर्वाचन सम्पन्न भएको छ, सुदृढ सुरक्षा व्यवस्थाबिच निर्वाचन गराउने दायित्व सरकारले पूरा गरेको छ, यो निर्वाचनमा अरुका नाममा मतदान पनि भएन, समयमा निर्वाचन गराउन सरकारका सबै अङ्ग समन्वयात्मक रुपमा क्रियाशील भए, गृह मन्त्रालयमा सामूहिक नेतृत्वको अभ्यास गरी निर्वाचन समन्वयात्मक रुपमा सफल भयो, केन्द्र, प्रदेश र वडा तहसम्म समन्वयात्मक एकीकृत सुरक्षा योजना अन्तर्गत काम भयो, नेतृत्वमा विकेन्द्रीकरण गरेर निर्वाचन सम्पन्न भयो ।’

निर्वाचन कार्यतालिका अनुसार निर्वाचन सम्पन्न गराउन आयोगले नेतृत्वदायी भूमिका खेलेकामा गृहमन्त्री अर्यालले सो अवसरमा धन्यवाद दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us