सरकारको नेतृत्व रवि लामिछानेले गर्नुपर्छः हर्क साम्पाङ

काठमाण्डु टुडे २०८२ फागुन २४ गते १६:२३ मा प्रकाशित

काठमाण्डू, २४ फागुन– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी–१ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हर्क साम्पाङ राईले अब बन्ने सरकारको नेतृत्व रास्वपाका सभापति रवि लामिछानेले गर्नुपर्ने बताएका छन ।

सामाजिक सञ्जालमार्फत उनले जनादेशलाई सबैले स्वीकार गर्नुपर्ने र जनताले दिएको मतको सम्मान गर्दै अबको नेतृत्व जनताको प्रश्न सुन्ने र जवाफ दिन सक्ने हुनुपर्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘जनताले चुनिहालेपछि अब सबैले स्वीकार्नै पर्छ। तर सरकारको नेतृत्व रविले गर्दा राम्रो हुन्छ। सदनमा जनताका प्रश्न उठ्दा उत्तर दिने र समय दिने नेतृत्व चाहिन्छ, नत्र बबाल हुनेछ।’

साम्पाङले संसदमा जनताका मुद्दा र प्रश्नहरूको स्पष्ट जवाफ दिन सक्ने नेतृत्व आवश्यक रहेको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us