काठमाण्डू, २४ फागुन– भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई विजयी हुन सफल भएका छन । राईले १६ हजार ६६३ मत प्रप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका शेरधन राईले १४ हजार ७५० भोट पाए ।
शेरधन कोशी प्रदेशका मुख्यमन्त्री समेत हुन । नेपाल कांग्रेसका वालकृष्ण थापाले ८ हजार ६७०, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशप्रसाद ओझाले ६ हजार १०२ र नेपाली कम्युनिष्ट पार्टीका अजम्बर काङमाङ राईले ५ हजार ७२८ मत प्रप्त गरेका छन ।
राष्ट्रिय परिवर्तन पार्टीका जितेन्द्र राईले ८१२ भोट ल्याए । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी–१ र महासचिव आरेन राई खोटाङबाट निर्वाचित भइसकेका छन् ।