काठमाण्डू, २४ फागुन– सिन्धुपाल्चोक–२ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का युवराज दुलाल निर्वाचित हुन सफल भएका छन ।
निर्वाचन आयोगका अनुसार दुलाल २१ हजार ६९९ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका बंशलाल तामाङले १९ हजार १४६ मत पाएका छन् ।
उक्त क्षेत्रमा एमालेका शेरबहादर तामाङ १५ हजार ९२६ मतसहित तेस्रो र रास्वपाका झलक कुमार श्रेष्ठले १४ हजार १९ मत प्रप्त गर्न सफल भए ।