काठमाण्डू, २४ फागुन– जनमत पार्टीका अध्यक्ष सीके राउत संसदीय राजनीतिमा आएको छोटो समयमै संसदीय यात्रामा ब्रेक लागेको छ ।
राउतलाई रोक्दै रास्वपाका रामजी यादव सप्तरी–२ बाट निर्वाचित हुन सफल भएका छन । २८ हजार ४०४ मत ल्याएर रामजीले चुनाव जित्दा सिके राउत तेस्रो भए ।
दोस्रोमा रहेका जनता समाजवादी पार्टी नेपालका उमेशकुमार यादवले १४ हजार २६३ मत पाउँदा जनमतका राउले केवल ९ हजार ८८० मत प्राप्त गर्न सफल भएका छन ।
जनमत पार्टीबाटै फुटेर बनेको स्वाभिभान पार्टीक उम्मेदवार सतिशकुमार सिंहले ३५५७ मत पाएका छन् । उनी जनमतबाटै मधेशको मुख्यमन्त्री बनेका थिए ।
यस्तै, कांग्रेसका रामकुमार यादवले २४९८, राष्ट्र निर्माण पार्टीका अफरोज आलमले ११२० र मोहम्मद जियाउन रहमान ८८३ मत पाएका छन् ।