मकवानपुर–१ मा रास्वपाका प्रकाश गौतम दोब्बर बढी मतले विजयी

काठमाण्डु टुडे २०८२ फागुन २४ गते १३:१७ मा प्रकाशित

काठमाण्डू, २४ फागुन– मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश गौतम दोब्बर बढी मतले विजयी हुन सफल भएका छन ।

३७ वर्षीय हेटौंडा उपमहानगरपालिका–५ घर भएका गौतम ३६ हजार ३३ मत ल्याएर विजयी भएका हुन् । उनले नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनालाई पराजित गरे ।

डिनाले १४ हजार ३८ मत ल्याइन् । प्रतिस्पर्धामा तेस्रो भएका नेकपा एमालेका रामेश्वर रानाले १२ हजार ७८३ मत प्रप्त गरे ।

अघिल्लो निर्वाचनका विजेतासमेत रहेका राप्रपाका दीपकबहादुर सिंह छैठौं स्थानमा खुम्चिँदै ४ हजार ५७४ मतमा चित्त बुझाए ।

यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का विजय गौतमले १० हजार ७८८, उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामाले १० हजार २०५, श्रम संस्कृति पार्टीकी विद्या श्रेष्ठले १ हजार २४ मत ल्याएका छन् । १ नम्बर क्षेत्रमा ९५ हजार ३ सय १० मत खसेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us