चितवनमा अटो दुर्घटना, चार जनाको मृत्यु

काठमाण्डु टुडे २०८२ फागुन २३ गते २०:२३ मा प्रकाशित

चितवन, २३ फागुन- चितवनको कालिका नगरपालिका-९ मा शनिबार अटो दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

उपरदाङढीबाट शक्तिखोर आउँदे गरेको बाप्र-०६००१ह०३१५ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

अटो सडकबाट नालीमा खसेको थियो ।

मृत्यु हुनेमा अटो चालकसहित राप्ती नगरपालिका-९ का ३९ वर्षीय पूर्णबहादुर विक, राप्ती- ८ की ५६ वर्षीया विष्णुकुमारी तामाङ, राप्ती-९ की २२ वर्षीया बिनी तामाङ र राप्ती-९ कै ५५ वर्षीय तिलक तामाङ छन् ।

दुर्घटनामा अर्का एक जना घाइते  छन् ।

घाइते राप्ती ९९ की ५३ वर्षीया चिनिकुमारी गुरुङको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us