पुरानो तस्बिर राखेर ओलीले बालेनलाई बधाई दिँदै भनेः बालेन बाबु, तपाईंको पॉच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्

काठमाण्डु टुडे २०८२ फागुन २३ गते २०:१६ मा प्रकाशित

काठमाण्डू, २३ फागुन । एमाले अध्यक्ष केपी ओलीले आफूलाई पराजित गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई बधाई दिएका छन् ।
ओलीले बालेन काठमाण्डूको मेयर निर्वाचित भएर बालकोटस्थित निवासमा भेट्न जाँदा तबेला उपहार दिएको तस्बिर सामाजिक सञ्जालम सेयर गर्दै बधाई दिएका हुन् ।

ओलीले ५ वर्षे कार्यकालका लागि बालेनलाई शुभकामना पनि दिए ।

‘बालेन बाबु, तपाईंको पॉच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस् हार्दिक शुभकामना,’ ओलीले भनेका छन् । बालेन ६८ हजार ३ सय ४८ मतसहित विजयी हुँदा ओलीले मात्र १८ हजार ७ सय ३४ मत प्राप्त गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us