वर्षमान पुन १५ हजार मतान्तरले विजयी

काठमाण्डु टुडे २०८२ फागुन २३ गते २०:०९ मा प्रकाशित

काठमाण्डू, २३ फागुन- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्त रोल्पाबाट प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका छन् ।

पुन २७ हजार ४ सय ६० मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका सुदनकुमार वलीले १२ हजार ८ मत ल्याए ।

रास्वपा बालराम थापा १० हजार ८ सय ९४ मतसहित तेश्रो र एमालेका गोकुलप्रसाद घर्ती ९ हजार ९ सय ३३ मतसहित चौथो भए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us