नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत तत्पर छः मोदी

काठमाण्डु टुडे २०८२ फागुन २३ गते १८:१७ मा प्रकाशित

काठमाण्डू, २३ फागुन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा ताजा जनादेशअनुसार बन्ने नयाँ सरकारसँग सहकार्य गर्ने बताएका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत मोदीले नेपालको नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताएका हुन् ।

नजिकको मित्र र छिमेकीको रूपमा, भारत नेपालका जनता र नयाँ सरकारसँग मिलेर साझा शान्ति, प्रगति र समृद्धिका नयाँ उचाइहरू हासिल गर्न नजिकबाट सहकार्य गर्न प्रतिबद्ध रहने मोदीको भनाइ छ ।

यस्तै उनले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेकामा नेपाललाई बधाई समेत दिएका छन् ।

मतदाताले लोकतान्त्रिक अधिकारलाई उत्साहसाथ प्रयोग गरेकामा आफूलाई खुसी लागेको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us