झापा–३ मा रास्वपाका पाठकसँग राप्रपा अध्यक्ष लिङदेन फराकिलो मतान्तरले पराजित

काठमाण्डु टुडे २०८२ फागुन २३ गते १८:१० मा प्रकाशित

झापा, २३ फागुन––झापा निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश पाठक विजयी भएका छन् ।

पाठक ३८ हजार ६ सय ७४ मतसहित विजयी भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले १७ हजार २ सय ९४ मत पाए ।

उनीहरुबीचको मतान्तर २१ हजार ३ सय ८० छ ।

यसअघि एमालेसँग तालमेल गरेर जित्दै आए पनि लिङदेन यसपटक एक्लै चुनाव लडेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us