एमालेकी निवर्तमान सांसद थपलिया रास्वपामा प्रवेश

काठमाण्डु टुडे २०८२ फागुन ११ गते १४:४२ मा प्रकाशित

काठमाण्डू, ११ फागुन– एमालेकी निवर्तमान सांसद सम्झना थपलिया राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी छन् ।

सिराहाको गोलबजारमा आयोजित एक विशेष कार्यक्रमका बिच थपलियासहितका एमाले नेता, कार्यकर्ता रास्वपामा प्रवेश गरेका हुन ।

उनीहरूलाई रास्वपाका नेता तथा समानुपातिक उम्मेदवार पुरुषोत्तम यादवले पार्टीमा स्वागत गरेका थिए । थापा २०७९ को निर्वाचनमा खस आर्यतर्फकी समानुपातिक सांसद हुन् ।

लामो समय एमालेमा सक्रिय रहेकी थपलियाले केही समयअघि मात्रै नेकपा एमाले सिराहा जिल्लामा ‘परिवारवाद’ हाबी भएको र पुराना कार्यकर्ताको मूल्याङ्कन नभएको आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us