काठमाण्डू, ११ फागुन– उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरी जोगी टोलमा बस दुर्घटनामा परेको छ । आज (सोमबार) दिउँसो कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नं.को ओखलढुङ्गे बस दुर्घटनामा परेको हो ।
बस ब्रेक फेल भई सडकबाट अन्दाजी ३०–४० फिट तल खसेर दुर्घटना मा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर झन्डै एक दर्जन व्यक्ति घाइते भएको भएको प्रहरीले जनाएको छ ।
यद्यपि घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा प्रहरी खटिएको छ ।