काठमाण्डू, १० फागुन– प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सिन्धुलीको फिक्कल घर भएका १८ वर्षीय मेन्सुहाङ राई, बुढानिलकण्ठका १८ वर्षीय समीर तामाङ, खोटाङका १८ वर्षीय प्रज्वल राई र दोलखाका १८ वर्षीय जनम तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी प्रभाग बूढानिलकण्ठबाट खटिएको टोलीले उनीहरुलाई चोरीका ३ थान मोटरसाइकलसहित पक्राउ गरेको हो ।