बालेनलाई लक्ष्य गर्दै ओलीले भनेः पालिका चलाउन नसक्नेलाई प्रधानमन्त्री बनाउने रे !

काठमाण्डु टुडे २०८२ फागुन १० गते १६:५० मा प्रकाशित

काठमाण्डू, १० फागुन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पालिका चलाउन नसक्नेले देश चलाउँछु भन्दै हिँडेको बताएका छन ।

आज (आइतबार) झापामा आयोजित एक कार्यक्रममा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहलाई लक्ष्य गर्दै यस्तो बताउका हुन ।

अध्यक्ष ओलीले पालिका चलाउन नसक्नेले देश चलाउँछु भनेर चुनावमा आएको समेत बताए । ओलीले भने, ‘एउटा पालिका चलाउन नसकेर फेल खाएकालाई देश चलाउने जिम्मा दिने रे ! प्रधानमन्त्री बनाउने रे !

यो देश मजाक गर्ने ठाउँ होरु यो देश प्रयोगशाला हो कसैको ? यस्तै उनले देशमा फेरि शान्तिपूर्ण वातावरण फर्काउन, देशको रक्षा गर्नुपर्ने बेला भइसकेको पनि बताएका छन ।

उनले एमाले विजयको तयारीमा लागिरहँदा निर्वाचन रोक्ने प्रयास भइरहेको पनि बताए । ओलीले भने, ‘अहिले पनि निर्वाचन रोक्ने प्रयास भइरहेका छन्, तर हामी अलमल नगरी विजयको तयारीमा लाग्छौं ।’

उनले विपक्षी दलहरूले एमालेको झण्डा जलाउने र अवाञ्छित क्रियाकलाप गरेर निर्वाचनको वातावरण बिगार्न खोजेको आरोप समेत लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us