दुर्गा प्रसाईंको रिहाइको माग गर्दै मोटरसाईकल र्‍याली

काठमाण्डु टुडे २०८२ फागुन १० गते १५:४९ मा प्रकाशित

काठमाण्डू, १० फागुन– विवादास्पद मेडिकल व्यवसायी एवं राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै काठमाण्डूमा मोटरसाईकल र्‍याली निकालिएको छ ।

आइतबार काठमाण्डूको माइघर मण्डलामा भेला भएका राजावादीहरुले प्रसार्ईंको तत्काल रिहा गर्न सरकारसँग माग गर्दै सो र्‍याली निकालेका हुन् ।

मोटरसाइकल र्‍यालीमा उत्रिएका उनीहरुले प्रसाईंलाई पक्राउ गरेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी समेत गरेका थिए । प्रसाईंलाई यही फागुन ४ गते सोमबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरिएको थियो ।

सोही पक्राउको विरोधमा हिन्दुराज्य नेपाल कायम गरौं भन्ने मूल नारासहित र्‍यालीमा सहभागी भएकाहरुले गणतन्त्र विरोधी नारा पनि लगाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us