रौतहटमा सद्‌भाव र्‍याली निकाल्ने सर्वदलीय बैठकको निर्णय

काठमाण्डु टुडे २०८२ फागुन १० गते १५:२३ मा प्रकाशित

काठमाण्डू, १० फागुन– रौतहटको गौरमा दुई समुदायबीचको द्वन्द्व समाधानका लागि सद्भाव र्‍याली निकालिने सर्वदलीय निर्णय भएको छ ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आह्वान गरेको सर्वदलीय बैठकले सद्भाव र्‍याली निकाल्ने निर्णय गरेको हो । सद्भाव र्‍याली सोमबार बिहान साढे ७ बजे निस्किने उनले जानकारी दिएका छन ।

धार्मिक–सामाजिक–सांस्कृतिक सद्भाव र शान्तिको सन्देश दिने गरी नागरिक समाजका अगुवाहरूको सहभागितामा सद्भाव र्‍याली निकाल्ने सहमति भएको प्रशासनले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us