होमवर्क सिकाउने बहानामा शिक्षकद्वारा छात्रामाथि बलात्कार

काठमाण्डु टुडे २०८२ फागुन १० गते १०:४१ मा प्रकाशित

खोटाङ, १० फागुन- आफ्नै छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।

सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका–१ घर भएका वर्षीय एक शिक्षकले दिक्तेल इंलिस बोर्डिङ स्कुलकी १३ वर्षीया छात्रामाथि यौन दुव्र्यवहार गरेको उजुरीपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ती शिक्षकले ९ फागुनमा होमवर्क सिकाइदिने बहानामा आफ्नो कोठामा बोलाएर छात्रामाथि बलात्कार गरेको आरोप पीडित परिवारको छ ।

घर फर्किएर बालिकाले घटनाबारे जानकारी गराएपछि परिवार र गाउँलेले आरोपीलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us