काठमाण्डू, १० फागुन- संखुवासभा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
सोमबार बिहान ७ बजेर ३१ मिनेटमा सङ्खुवासभाको भोटखोला गाउँपालिकाको रिताक आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।
भूकम्पबाट भएको क्षतिबारे कुनै सूचना प्राप्त नभएको संखुवासभा प्रहरीले जनाएको छ ।