रास्वपा सुस्ता गाउँपालिका उपसभापतिले छाडे पार्टी

काठमाण्डु टुडे २०८२ फागुन ९ गते १९:०६ मा प्रकाशित

काठमाण्डू, ९ फागुन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुस्ता गाउँपालिका, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का उपसभापति गुप्तसेन ठकुरी (मनोज) ले रास्वपा छाडेका छन ।

पार्टीको भनाइ र गराइमा फरक पारदर्शिता नदेखिएको र अवसरवादीको चुंगुलमा पार्टी फस्दै गएको भन्दै उनले शनिबार पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । ठकुरी रास्वपाको स्थापनाकालदेखि नै पार्टीमा सक्रिय नेतामा पर्दछन् । उनले रास्वपाका जिल्ला सभापतिलाई लेखिएको राजीनामा पत्रमा पार्टी परित्याग गरेको स्वघोषणा गरेका छन् ।

‘आजको मितिसम्म आइपुग्दा पार्टीको भनाइ र गराइमा पारदर्शीता नदेखिएको र अवसरवादीहरूको चंगुलमा पार्टी फस्दै गएको महसुस भएको हुँदा म यस सुस्ता गापाको उपसभापति तथा साधारण सदस्यसमेत नरहने गरी आजैका मितिबाट राजीनामा दिएको स्वघोषणा गर्दछु,’ ठकुरीले पत्रमा लेखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us