सप्तरीमा एमालेको झण्डामा आगजनी गर्ने निर्वाचन प्रहरी पक्राउ

काठमाण्डु टुडे २०८२ फागुन ९ गते १२:४३ मा प्रकाशित

काठमाण्डू, ९ फागुन– सप्तरी–२ अन्तर्गत रहेका महदेवा गाउँपालिका–५ भगवतपुर चोकमा एमालेको चुनावी प्रचारप्रसारका लागि डोरीमा बाँधेर झुण्ड्याइएको झण्डा निकालेर आगजनी गरेको आरोपमा एक निर्वाचन प्रहरी पक्राउ परेका छन ।

पक्राउ पर्नेमा महादेव गाउँपालिका वडानम्बर–५ कै २५ वर्षीय हरिनारायण मण्डल रहेका छन् । मण्डल निर्वाचन प्रहरीमा कार्यरत भएको उच्च स्रोतले जानकारी दिएको छ ।

जिल्ला प्रहरी सप्तरीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी (डिएसपी) डम्बरबहादुर पुरीले भने घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएका छन । प्रहरीले पत्रकार सम्मेलन गरेर थप जानकारी दिए बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us