अब निर्णय गर्ने अधिकार मतदाताको हातमा छः अध्यक्ष यादव

काठमाण्डु टुडे २०८२ फागुन ५ गते १३:१२ मा प्रकाशित

काठमाण्डू, ५ फागुन– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो अधिकार, स्वाभिमान र सशक्त प्रतिनिधित्वका लागि सङ्घर्ष गरेको शक्तिलाई मतदान गर्न सबैलाई अनुरोध गरेका छन ।

अध्यक्ष यादवले अब निर्णय गर्ने अधिकार मतदाताको हातमा रहेको बताउँदै इतिहास लेख्ने कि मेट्ने भन्दै प्रश्न समेत गरेका छन । आज (मङ्गलवार) सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले विभाजन र भ्रमभन्दा माथि उठेर आफ्नो अधिकार सुरक्षित गर्ने शक्तिलाई मतदान गर्न समेत आग्रह समेत गरेका छन ।

अध्यक्ष यादवले भनेका छन्, ‘अब निर्णय तपाईँको हातमा छ, इतिहास लेख्ने कि इतिहास मेट्ने रु आफ्नो अधिकार, स्वाभिमान र सशक्त प्रतिनिधित्वका लागि सङ्घर्ष गरेको शक्तिलाई मतदान गरौँ ।

विभाजन र भ्रमभन्दा माथि उठेर, आफ्नो अधिकार सुरक्षित गर्ने शक्तिलाई मतदान गरौँ । भारी बहुमतले विजयी बनाएर मधेसको आवाजलाई निर्णायक बनाऔँ ।’

उनले मधेस जनविद्रोह केवल आन्दोलन मात्र नभएर आत्मसम्मानको घोषणापत्र भएको बताउँदै गोली, दमन र षड्यन्त्रका बिच उभिएर अधिकार र पहिचानको झण्डा उठाउने शक्ति नै आज मधेसको वास्तविक प्रतिनिधि भएको बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us