दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गरियोस्ः राप्रपा

काठमाण्डु टुडे २०८२ फागुन ५ गते १२:०१ मा प्रकाशित

काठमाण्डू, ५ फागुन– राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गर्न माग गरेको छ ।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् । उनले भनेका छन्, ‘रातको समयमा दुर्गा प्रसाईंलाई फेरि पक्राउ गरेर सरकारले आफ्नो अलोकतान्त्रिक चरित्र उदांगो पारेको छ, ‘सरकार देशलाई मुठभेडतर्फ धकेल्ने प्रपञ्च गर्दैछ ।

बिना कारण एउटै व्यक्तिमाथि प्रतिशोध साँधेर पटक–पटक पक्राउ गर्नुले सरकारको तानाशाही चरित्रको पुष्टि हुन्छ ।’ प्रसाई सोमबार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए ।

त्यसपछि राप्रपाका प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रसार्इंलाई अविलम्ब र बिना शर्त रिहा गरियोस् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us