निष्पक्ष चुनाव गराउन सरकार जिम्मेवार भएर काम गरिरहेको छः मन्त्री श्रेष्ठ

काठमाण्डु टुडे २०८२ फागुन ४ गते १४:११ मा प्रकाशित

काठमाण्डू ४ फागुन– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आसन्न निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र समावेशी तरिकाले सम्पन्न गर्न सरकार जिम्मेवार भएको लागि परेको बताएकी छन ।

आज (सोमबार) काठमाण्डूमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन । उनले सो निर्वाचनका लागि आम मतदातालाई सूचित, सचेत र जिम्मेवार बनाउन मतदाता शिक्षा कार्यक्रम पनि शुरु गरिएकाले त्यसमा सहभागी पनि आम मतदातालाई आग्रह समेत गरेकी छन ।

निर्वाचनको तयारीको कामलाई सरकार, निर्वाचन आयोग, नागरिक समाजलगायतका सबै पक्षले तिव्रताका साथ अघि बढाएको समेत बताएकी छन । उनले भनिन्, ‘वर्तमान सरकारको मुख्य म्यान्डेट पनि यो फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई कसरी निष्पक्ष, स्वच्छ, स्वतन्त्र, समावेशी र लोकतान्त्रिक तरिकाले गराउने जिम्मेवारी हाम्रो रहेको छ । र यसमा हामी सबै तत्पर भएर काम गरिरहेका छौं ।’

मन्त्री श्रेष्ठमा महिला मतदातको संख्या बढाउने कुरामा पनि सरकारले आवश्यक वातावरण बनाउने काम गरिरहेको बताइन् ।

उनले भनिन्, ‘फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि सरकार, निर्वाचन आयोग, राजनीतिक दल, नागरिक संस्थाहरू सबै अग्रसर भएर अत्यन्तै तिव्र गतिमा काम गरिरहेका छन्, ‘यसै तयारी स्वरुप हिजो आईतबारबाट निर्वाचन आयोगले पनि नागरिकहरूलाई सूचित, सचेत र जिम्मेवार मतदाता बनाउनका लागि मतदाता शिक्षा कार्यक्रमको पनि औपचारिक रुपमा शुरुवात गरिसकेको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us